३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

नेपाल यू-२३ को अन्तिम टोली घोषणा



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार छनोटका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

छनोटको समूह ‘बी’मा रहेको नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । समूह ‘बी’ छनोट खेल अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । यस समूहमा रहेको नेपालले पहिलो खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

नेपाली टिम :

मनिष डाँगी, अविशेक रिजाल, अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, ऋतिक खड्का, दर्शन गुरुङ, सुमन अर्याल, गौतम श्रेष्ठ, एरिक विष्ट, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ०२ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन