५ भदौ २०८३, शुक्रबार | August 22, 2026

साफको उपविजेता नेपाली फुटबल टोली आज स्वदेश फर्कँदै



काठमाडौं । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आइपुग्ने भएको छ ।

नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : २२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको