२६ बैशाख २०८१, बुधबार | May 8, 2024

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय, भोलि मुस्लिम समूदायलाई सार्वजनिक बिदा



काठमाडौं । सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका खेलाडीलाई पाँच/पाँच लाख रूपैयाँ दिने भएको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले प्रत्येक खेलाडीलाई ५-५ लाख र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप ३-३ लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खेलाडी र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप सो रकम दिने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले मोहम्मद जयन्तीका अवसरमा भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

बैठकले आबुधाबीमा हुन लागेको छैटौं मन्त्रिस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले मन्त्रालयहरूमा स्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिनुका साथै लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : १६ बजे

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे

डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा