६ पुस २०८२, आइतबार | December 21, 2025

बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध



म्याग्दी । आइतवार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारीसाधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जान लागेका र मुस्ताङबाट फर्कंदै गरेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

म्याग्दी लगायत धवलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूल बालीमा समेत क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दशैं मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कंदै गरेका मानिस समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी-बगरफाँट-भकिम्ली सडकको बांगेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारीसाधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए ।

पहिरो र हिलोेका कारण बेनी-दरबाङ, बेनी-मालढुंगा, बेनी-बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी–दरबाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए । ‘ठूला सवारीसाधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेकाले सिंगाबाट फर्काएर बेनी ल्याएँ,’ उनले भने ।

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ । म्याग्दीका गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रमा हिमपात हुन शुरू भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या उत्पन्न भएको छ । ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । उनीहरू घरभित्रै आगो बालेर बसेका रुमका टेकबहादुर घर्तीले जानकारी दिए । जिल्लाका तल्लो भेगमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाइदिएपछि कृषक चिन्तित भएका छन् । रासस

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : २८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा