२८ माघ २०८२, बुधबार | February 11, 2026

बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध



म्याग्दी । आइतवार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारीसाधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जान लागेका र मुस्ताङबाट फर्कंदै गरेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

म्याग्दी लगायत धवलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूल बालीमा समेत क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दशैं मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कंदै गरेका मानिस समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी-बगरफाँट-भकिम्ली सडकको बांगेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारीसाधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए ।

पहिरो र हिलोेका कारण बेनी-दरबाङ, बेनी-मालढुंगा, बेनी-बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी–दरबाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए । ‘ठूला सवारीसाधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेकाले सिंगाबाट फर्काएर बेनी ल्याएँ,’ उनले भने ।

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ । म्याग्दीका गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रमा हिमपात हुन शुरू भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या उत्पन्न भएको छ । ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । उनीहरू घरभित्रै आगो बालेर बसेका रुमका टेकबहादुर घर्तीले जानकारी दिए । जिल्लाका तल्लो भेगमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाइदिएपछि कृषक चिन्तित भएका छन् । रासस

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : २८ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा