६ पुस २०८२, आइतबार | December 21, 2025

तनहुँमा शीतभण्डार निर्माण तीव्र, कृषक खुशी



तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो ।

नगरपालिकाले यसलाई गौरवको योजनाको रुपमा सूचीकृत गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। कृषकले उत्पादन गरेका कृषिउपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको रेग्मीले बताए। उनका अनुसार शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड सशर्त अनुदान बजेट उपलब्ध गराएको छ भने नगरपालिकाले रु दुई करोड लगानी गरेको छ । कूल रु तीन करोडको बजेटमा बोलपत्र प्रक्रियाबाट निर्माण कार्य सुरु गरिएको हो ।

लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । “यस वडामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ, तर पनि किसानले उत्पादन गरेका आलुको उचित मूल्य पाउन गाह्रो भइराखेको थियो”, उनले भने, “शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्छ ।”

चालु आर्थिक वर्षभित्रै शीतभण्डारको काम सम्पन्न हुनेछ । नगरमा उत्पादन हुने आलु, अदुवालगायत वस्तुलाई यसै वर्ष भण्डारण गर्ने व्यवस्था मिलाइने उनले बताए। कृषकले उत्पादन गरेका आलु शीतभण्डारसम्म पुर्‍याउन वडा कार्यालयले नै व्यवस्था मिलाउँदै आएको छ । शीतभण्डारसम्म आलु ढुवानीका लागि यस वर्ष रु दुई लाख बजेट विनियोजन गरिएको छ । “कृषकले उचित मूल्य पाउन् भन्नका लागि शीतभण्डारसम्म आलु ढुवानीका लागि सहयोग हुँदै आएको छ, तर यही शीतभण्डार निर्माण भएपछि कृषकलाई पनि सहज हुन्छ”, रेग्मीले भने ।

कृषकलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नम्बर ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो ।

शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण सुरु भएपछि खुशी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेको कृषक मञ्जु श्रेष्ठले गुनासो गरे । शीतभण्डार निर्माण सम्पन्न भएपछि उत्पादनको उचित मूल्य पाउने कृषक रमेश महतले बताए । “यही राख्ने भए ठाउँ भएको भए उत्पादनअनुसारको फल पाइन्थ्यो, शीतभण्डारमा राख्न पोखरासम्म लैजानुपर्ने बाध्यता छ”, उनले भने, “अहिले काम भइरहेको छ, अब उक्त समस्या हट्छ ।”

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ३५ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन