२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा



धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ ।

खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा पनि पानीको बहाब उच्च रहेको सञ्चार टोलीले जनाएको छ ।

यसैगरी लगातारको वर्षाका कारण कैलालीको पहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको छ । कैलालीको फल्टुडेस्थित भीमदत्त राजमार्गमा पहिरो जाँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित बनेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीसएसपी प्रतीक बिष्टले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ३९ बजे

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम