८ कार्तिक २०८३, आइतबार | October 26, 2026

अविरल वर्षा र बाढी पहिरोबाट सुदुरपश्चिम प्रदेशको जनजीवन अस्त व्यस्त



धनगढी । अविरल वर्षाका कारण सुनुर पश्चिम प्रदेशको जनजीवन अस्त व्यस्त बनेको छ । भिमदत्त राजमार्गका दर्जन बढी स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको छ भने कम्तीमा ३ जनाले ज्यान गुमाएका छन् । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको २ जना घाइते भएको र १ जना बेपत्ता भएका छन् ।

वर्षा र बाढी पहिरोमा परि डोटीमा २ जना, र डडेल्धुरामा १ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डडेल्धुराकै २ जना घाइते हुनुका साथै कैलालीमा १ जना बेपत्ता भएका छन् । पहिरो र वर्षाका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ वटा घर भत्केका छन् भने २ भैंसी, १ गाई, २२ बाख्रा, ३ गोरु र २२ कुखुरा मरेको समेत प्रहरीले जानकारी दिएको छ । त्यसैगरि प्रदेशमा २ दर्जन बढी पशुचौपाया चट्याङमा परि मरेको समेत प्रहरीले जनाएको छ ।

वर्षाबाट प्रदेशको कैलालीबाट डोटी, डडलेल्धुरा, बझाङ र अछाम जाने सडकहरु पूर्णरुपमा अवरुद्ध भएको छ । उता भिमदत्त नगरपालिका १२ स्थित ओदाली र ऐरी घाटमा माहाकाली नदीमा पानीको सतह वढन गई १५० बढी घर डुबानमा परेपछि प्हरीले उद्दार गरिरहेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  २ : ०४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको