२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुदूरपश्चिममा बाढी पहिरो वितण्डा : बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, हेलिकोप्टर जान सकेन



काठमाडौं । सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ । जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म बझाङमा २३ जना पहिरोमा परी वेपत्ता भएका छन् । बैतडी र डोटी सीमामा ५० देखि ६० जना थुनिएका छन् । डोटीमा ३ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहाडी जिल्लामा बिजुली आपूर्ति रोकिकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको बताए । विद्युतसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएकाले समस्या भएको उनको भनाइ छ ।

भट्टले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाई भएको पनि बताए । ‘तत्काल उद्धार र व्यवस्थापन गर्ने भनेर प्रदेशको सम्पूर्ण संयन्त्र लागेको छ । उद्धार कार्यमा कुनै पनि कमी नहुनेगरी लागेको छ । मन्त्रीहरु नै लागेका छन् । संघीय गृहमन्त्रीसँग पनि कुरा भएको छ,’ उनले भने, ‘कञ्चनपुरमा मौसमका कारण हेलिकोप्टर ढिला भयो । ढिलै भए पनि फसेका ५ जनाको उद्धार गरियो । पहाडी जिल्ला बैतडी-डोटीको सीमामा ५०/६० मान्छे थुनिएका छन् । त्यहाँ पनि हेलिकोप्टर पठाइयो । तर दिपायल पनि पुग्न नसक्ने अवस्था भएकाले उद्धार गर्न सकिएको छैन ।’

उनका अनुसार प्रदेशका ठूला नदीहरुमा अहिलेसम्मै ठूलो बहाव देखिएको छ । महाकालीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । कर्णालीमा पनि बहाव बढेको छ । डोटीमा पनि यति धेरै बहाव बढेको पहिलो पटक नै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय