५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सुदूरपश्चिममा बाढी पहिरो वितण्डा : बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, हेलिकोप्टर जान सकेन



काठमाडौं । सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ । जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म बझाङमा २३ जना पहिरोमा परी वेपत्ता भएका छन् । बैतडी र डोटी सीमामा ५० देखि ६० जना थुनिएका छन् । डोटीमा ३ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहाडी जिल्लामा बिजुली आपूर्ति रोकिकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको बताए । विद्युतसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएकाले समस्या भएको उनको भनाइ छ ।

भट्टले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाई भएको पनि बताए । ‘तत्काल उद्धार र व्यवस्थापन गर्ने भनेर प्रदेशको सम्पूर्ण संयन्त्र लागेको छ । उद्धार कार्यमा कुनै पनि कमी नहुनेगरी लागेको छ । मन्त्रीहरु नै लागेका छन् । संघीय गृहमन्त्रीसँग पनि कुरा भएको छ,’ उनले भने, ‘कञ्चनपुरमा मौसमका कारण हेलिकोप्टर ढिला भयो । ढिलै भए पनि फसेका ५ जनाको उद्धार गरियो । पहाडी जिल्ला बैतडी-डोटीको सीमामा ५०/६० मान्छे थुनिएका छन् । त्यहाँ पनि हेलिकोप्टर पठाइयो । तर दिपायल पनि पुग्न नसक्ने अवस्था भएकाले उद्धार गर्न सकिएको छैन ।’

उनका अनुसार प्रदेशका ठूला नदीहरुमा अहिलेसम्मै ठूलो बहाव देखिएको छ । महाकालीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । कर्णालीमा पनि बहाव बढेको छ । डोटीमा पनि यति धेरै बहाव बढेको पहिलो पटक नै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं