८ बैशाख २०८१, शनिबार | April 20, 2024

अपडेट : सुदूरपश्चिममा बाढीपहिरोबाट २८ जनाको मृत्यु



डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ ।

यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरामा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका-३ बस्ने ६५ वर्षीया नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ ।

डोटीको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक/एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

सायल गाउँपालिका-६ का १४ वर्षीय सागर कुञ्जेडा, ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको हो । यस्तै सोही गाउँपालिका-१ का ७४ वर्षीय वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ ।

सायल गाउँपालिका-५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

जोरायल गाउँपालिका-३ का ७३ वर्षीय जोगी सार्की, ६१ वर्षीया झुपरी सार्की, सोही गाउँपालिका-४ का शेरबहादुर विक, मोहन विक, पवित्रा विक र सोही गाउँपालिका-१ का सचिन विकको पनि पहिरामा पुरिएर मृत्यु भएको छ ।

शिखर नगरपालिका-११ की ३५ वर्षीया मन्धरा बलायरको पहिराको ढुङ्गा टाउकामा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै बोगटान फुड्सिल गाउँपालिका-५ का चन्द्रा नेपालीको मृत्यु भएको छ ।

बझाङमा बाढीपहिराले सात जनाको मृत्यु भएको छ । पहिरामा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा पाँच जना र थलराका दुई जनाको मृत्यु भएको हो । खप्तड छान्ना गाउँपालिका-४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नं ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका-५ का धनराज जोशीको पहिरामा पुरिएर मृत्यु भएको खप्तडछान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहले बताए ।

पहिरामा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटर लगाएर निकालिएको थियो । यस्तै अविरल वर्षासँगै आएको पहिराले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई जनाको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर मृतकको सनाखत भने हुन सकेको छैन ।

डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली नेपाली सेनाको हेलिकप्टरमार्फत डिख्ला पुगेको छ । पहिराले तल्लो डिक्ला र माथिल्लो डिक्लाका १४८ परिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । विस्थापित ७०० जना विद्यालयमा बसिरहेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमाफर्त पहिरामा परेकाहरुको उद्धार र खोजीकार्यका लागि आवश्यक राहत र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

बैतडीको शिवनाथ गाउँपालिका-६ बसेडीका रामी पार्कीको घर पहिराले बगाउँदा उनका दुई बुहारी र एक नातिको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदका अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा, २४ वर्षीया भानु र तीन वर्षीय सोम पार्की रहेका छन् । बैतडीकै सुर्नया गाउँपालिका-५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ ।

कर्णाली नदीको बाढीका कारण कैलालीको टीकापुरमा एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीका करवीरे ढोलीको ज्यान गएको हो । सुदूरपश्चिममा अझै २५ जना बेपत्ता भएका छन् । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ३० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु