१० श्रावण २०८३, आइतबार | July 26, 2026

बुटवलमा वर्षाले कृषिमा पुर्‍याएको क्षतिको विवरण संकलन सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिएका छन ।

क्षतिको विवरणका आधारमा तत्कालिन राहतका कार्यक्रम बनाउने उपमहानगरको तयारी छ । सोही कामका लागि क्षतिको विवरण संकलन भइरहेको छ । कृषि क्षेत्रमा परेको असरका बारेमा जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको नेतृत्वमा कृषि क्षेत्रमा विशेषज्ञहरुसहितको टोलीले यहाँको कृषि क्षेत्रको निरिक्षण र अनुगमन गरिरहेको छ ।

निरिक्षणको प्रारम्भिक रिपोर्ट अनुसार वर्षाले काटिसकेको धानमा क्षेति पुगेको, तरकारी र फलफुलका विरुवामा नर्सरीमा क्षति पुगेको पाइएको छ । बुटवलमा हाल करिब ३१ हजार हेक्टर क्षेफलमा धान खेती भइरहेको छ । जसमध्ये करिब १० प्रतिशत क्षेत्रमा धान पाकेर काटिसकेको अवस्था छ र त्यसमध्ये ३ प्रतिशत धानमा क्षति भएको पाइएको छ ।

वर्षातले पारेको क्षतिको विवरण संकलनका लागि कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, प्राविधिक सहायक सोमनप्रसाद कुर्मी र वडा कृषि प्राविधिक वंशगोपाल म्रिश्रलगायतको टोली खटिएको अनुगमन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए ।

बुटवलले सहरी कृषि प्रवद्र्धनमा धान, गहु र तरकारीमा अनुदान दिंदै आएको छ । बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रम मुलुकमै प्रभावकारी मानिन्छ । यहाँक किसानले धान, गहुँ, मकै र तरकारीको बिउमा अनुदान पाउनुका साथै फसल धितो राखेर समेत अनुदान लिइरहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ५५ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस