२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बेन्फिकामाथि बायर्नको सानदार जित, १४ मिनेटमा चार गोल



काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि ४-० गोल अन्तरको सानदार जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगलको बेन्फिकालाई दोस्रो हाफको १४ मिनेटमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।

बायर्नको फराकिलो जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट दिए । रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा एक बेन्फिकाका एभर्टनले आत्माघाती गोल गरे ।

पहिलो हाफ बायर्नले नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । ७० औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । ८० औँ मिनेटमा एभर्टनले आत्मघाती गोल गर्दा बायर्न २-० ले अगाडि बढ्यो ।

८२ औ्ँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४-० को सानदार जित दिलाए ।

बुधबार राति नै भएको समूह ‘ई’ को अर्को खेलमा जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले डेनामो किएभमाथि १-० गोल अन्तरको कठिन जित निकालेको छ ।

यो जितपछि समूह ‘ई’ मा अपराजित रहेको बायर्नको ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : १५ बजे

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ