५ पुस २०८२, शनिबार | December 21, 2025

अविरल वर्षाका कारण हुम्लामा २० घर भत्किए



हुम्ला । आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् ।

सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिको अनुमान गरिएको उनले बताए ।

सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ । सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेको छ । अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिरोले तीन घरमा क्षति गरेको छ ।दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जोखिममा छन् । लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेको वडाध्यक्ष दत विष्टले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ८ : २३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ