२५ माघ २०८२, आइतबार | February 8, 2026

बढाएको ५ दिन नबित्दै बैंकहरुले घटाए निक्षेपको ब्याजदर



काठमाडौं । निक्षप स‌ंकलनका नाममा देशैभरका कमर्सियल बैंकहरुले निक्षेपको ब्याजदर कार्तिक १ गतेबाट लागु हुनेगरी बढाएपनि बढाएको ४ दिनमा नै पुनः घटाएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले धमाधम् ब्याजदर घटाएका हुन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत सम्म पुर्याएका बैंकहरुले बढाएको चौंथो दिनमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कार्तिक १ गतेबाट लागु हुने गरि ब्याजदर बढाएका बैकहरुमा हिमालयन बैंकले ११ दशमलव ६७ तोकेकोमा घटाएर नयाँ ब्याजदर ९ दशमलव ३६ प्रतिशत बनाएको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले बढाएको ब्याजदरलाई संशोधन गर्दै समान अंकको ९ दशमलव ३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९ दशमलव ३६ प्रतिशत नै तोकेका छन् ।

नयाँ ब्याजदर तोकेका अन्य बैंकहरुमा नेपाल एसबीआईले ९ दशमलव ४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९ दशमलव ३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज र सानिमा बैंकले ९ दशमलव ०६, प्रभुले ८ दशमलव ५७, राष्ट्रिय वाणिज्यले ८ दशमलव ३६, सिटिजन्सले ८ दशमलव ८ तथा कृषि विकास बैंकले ८ दशमलव ८५ रुपैयां नयाँ ब्याजदर तोकेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १ : ०६ बजे

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै