१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

दुहबी बिद्युत सबस्टेसन संचालनमा, प्रदेश १ का अधिकांस जिल्लामा आजबाट विद्युत सुचारु



काठमाडौं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । सबस्टेसन संचालनमा आएपछि विगत ३ दिन देखि अवरुद्ध प्रदेश नम्बर १ का अधिकांस जिल्लाहरुमा विद्युत सुचारु भएको छ । सबस्टेसन क्षेत्र डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो ।

दुहवी सबस्टेसन संचालनमा आएसँगै स्टेसनबाट निकालिएका लाइनको क्रमश ः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति सहज हुँदै जाने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । सो सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  २ : ०७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम