२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

५ लाख गरीब घरपरिवारलाई रू.५ अर्ब वितरण : कार्यविधि स्वीकृत नहुँदा कार्यक्रम कार्यान्वयन भएन



काठमाडौं । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत नहुँदा ५ लाख घरपरिवारलाई रू ५ अर्ब दशैंअघि नै वितरण गर्ने सरकारी कार्यक्रम प्रभावित भएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो ।

यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने ? त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले अर्थमन्त्रीको प्रस्तावलाई पास गर्न सकेन ।

करीब ५ लाख गरीब घरपरिवारलाई १० हजारका दरले रकम वितरण गर्ने योजनाकासाथ अर्थ मन्त्रालयले कार्यविधि तयार गरी प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्याए पनि दशैं सकिएको १ हप्तासम्म सरकारले कार्यक्रम लागू गर्न सकेको छैन ।

दशैंअघि नै कार्यक्रम लागू गरेर रकम वितरण गर्न अर्थमन्त्री शर्माले जोडबल गरे पनि कार्यविधि अस्पष्ट भएको भन्दै प्रधानमन्त्रीले त्यसबारे छलफल गर्न नचाहेको स्रोतको भनाइ छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रीतेश शाक्यले मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन नसक्दा दशैंअघि नै कार्यक्रम लागू गर्न नसकिएको बताए । उनका अनुसार कार्यविधि स्वीकृत हुनासाथ कार्यक्रम लागू हुनेछ । ‘यसबारे मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका छौं,’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रकम वितरणका लागि सरकारले राष्ट्रिय योजना आयोगको तथ्यांकलाई आधार मान्न खोजेको थियो । तर, योजना आयोगसँग कोभिडपूर्वको मात्रै तथ्यांक छ । कोभिडबाट परेको असरबारे आयोग अध्ययन गर्ने बताउँदै आए पनि अहिलेसम्म ठोस प्रतिवेदन बाहिर ल्याउन सकेको छैन ।

योजना आयोगले कोभिडअघि गरेको अध्ययनमा आधारित तथ्यांक गतवर्ष कोभिड महामारीको बीचमा सार्वजनिक गरेको थियो । उक्त अध्ययनअनुसार नेपालमा ५० लाख व्यक्ति बहुआयामिक गरीबीको रेखामुनि रहेका छन् ।

एक परिवारमा न्यूनतम ५ जना सदस्य रहने अनुमानको आधारमा सरकारले गरीबलाई रकम बाँड्ने तयारी गरेको थियो । कार्यविधिमा ५ लाख घरपरिवारका २५ लाख मानिसलाई सहयोग गर्ने लक्ष्य लिइएको थियो ।

तर, मन्त्रिपरिषदमा ताजा तथ्यांकमा आधारित भएर मात्रै रकम बाँड्नुपर्ने अर्थात् कोभिडबाट सृजित गरीबीलाई समेत सम्बोधन हुनेगरी कार्यविधि आउनुपर्ने भन्दै मन्त्री शर्माले पेश गरेको कार्यविधिलाई स्वीकृत भएको छैन ।

अर्थशास्त्री केशव आचार्य हचुवाका भरमा कार्यक्रम सार्वजनिक गरिँदा कार्यान्वयन हुन नसकेको बताउँछन् । उनका अनुसार सरकारले पहिला गरीबको पहिचान गरेर कार्यक्रम घोषणा गरेको भए समस्यै आउने थिएन ।

यस्तो रकम सरकारले अघिल्लो वर्षको दशैंमा नै दिनुपथ्र्यो । तर, यो दशैंमा दिने भनेर घोषणा गरे पनि नदिनुले गरीबमाथि झन् ठूलो आघात पुगेको उनको बुझाइ छ । बजेट कार्यक्रममै ५ लाख भनिनु नै गलत भएको र यसको मापदण्ड बनाएर रकम वितरण गरिनुपर्नेमा उनको जोड छ । आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ५३ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको