५ पुस २०८२, शनिबार | December 20, 2025

बर्दियामा ३५ हजार हेक्टरको धानमा क्षतीको अनुमान, बाली बीमा नगर्दा कृषक मर्कामा



बर्दिया । गत आईतबार देखिको अविरल वर्षा र डुबानले बर्दियाका कृषक मारमा परेका छन् । बर्षभरी खानका लागि मात्र नभई उत्पादन भएको धान बेचेर गर्जो टार्ने कृषकहरु भने झनै मारेमा परेका छन् ।

बर्दियाका आठ ओटै स्थानीय तहमा पाकेर भित्र्याउन लागेको धान नोक्सान भएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लमा अविरल बर्षा र बाढिका कारण १० हजार हेक्टर काटिसकेको र २५ हजार २ सय हेक्टर खडा धान नोक्सान भएको छ । जसमध्ये राजापुर नगरपालिकामा १५ सय हेक्टर र गेरुवा गाउँपालिकामा १२ सय हेक्टर धान बाढीले बगाएको छ । बाढिले बगाएको धान कुनैपनि हालतमा बचाउन नसकिने अवस्थामा छ भने अरु ६ ओटा स्थानीय तहको धान अझैपनि आंशिक रुपमा सुरक्षित गर्न सकिन सम्भावना रहेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।

बर्दिया जिल्लामा करिब ५० हजार २ सय ५० हेक्टरमा बर्षे धानबालि लगाइन्छ । जसमा गत बर्ष दुई लाख २६ हजार मेट्रिक टन धानको उत्पादन भएको अनुमान गरिएको थियो । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमिरेका अनुसार धान राम्रो फलेको हुनाले गत बर्षको भन्दा यस बर्ष धानको उत्पादन बढ्ने अनुमान गरीएको थियो तर यस वर्ष धान भित्र्याउने बेलामा परेको पानीले धानबालीको उत्पादन घट्ने निश्चित भएको छ ।

अविरल बर्षाका कारण बर्दियामा मात्रै २० प्रतिशत धानबाली नोक्सान भएको प्रारम्भिक अनुमान गरीएको प्रमुख घिमिरेले बताए । उनले भने – ‘हरेक स्थानीय तहको नोक्सानको तथ्याङ्क निकाल्नका लागि अध्ययन भईरहेको छ । प्रारम्भिक अनुमानमा २० प्रतिशतमा सम्म धानबाली नोक्सान भएको छ ।’ गत वर्षको धान उत्पादनको हिसाब गर्ने हो भने करिब ४५ हजार दुई सय मेट्रिक टन धान नोक्सान भएको छ ।
राजापुर नगरपालिका ३ चर्कापुरका चुलुवा थारुले लगाएको ५ विगहा धान पुरै डुबेको बताए । उनले भने –बर्ष भरी खाने छोरा छोरी पढाउने सबै धान बेचेर हो धान नै बगाएपछि के खाने कसरी घर खर्च चलाउने ?’ कृषि बाहेक आफ्नो कुनै पेशा नभएकोले राज्यले राहत तथा क्षतिपुर्ती दिनुपर्ने माग रहेको छ ।

राजापुर नगरपालिका १ कि ५० वर्षीय नन्दनी थारुको धान आँगनमा थुपारेर राखिएको थियो । मंगलबार राति आएको बाढीले उनको धान भिजेपछि बाला मै उम्रेको छ । धान सुकाउने ठाउँ छैन कहाँ सुकाउने र कसरी बचाउने ? ‘१० कठ्ठाको धान मात्र आँगनमा ल्याएको थिएँ, बाँकी डेढ विगहाको धान त पुरै बाढिले बगायो’ उनले दुःख व्यक्त गर्दै भनिन्, ‘ धान लगाउँदा लागेको साहुको ऋण पनि तिर्न नसकिने भयो ।’

धानको बीमा शुन्य

कृषि तथा पशुपंक्षी क्षेत्रमा हुने जोखिमलाई न्युनीकरण तथा क्षतीको भरपाई गर्नका लागि नेपाल सरकारले ९ बर्ष अघि कृषि तथा पशुपन्छी बीमाको व्यवस्था गरेको थियो । प्राकृतिक विपत्ती, जंगली जनावर लगाएतका कारण खेतीबाली नोक्सानी भएमा बालि बिमाले नोक्सानीको भरपाई गर्ने थियो । तर बर्दियामा धानको बाली बिमा शुन्य रहेको छ ।

बर्दियामा कृषि तथा पशुपंक्षी बिमा गर्ने जिम्मा पाएको एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.का अनुसार पशुपंक्षी र अन्य व्यवसायिक खेतीमा विमा हुने गरे पनि धान बालीको विमाका लागि कृषकहरु नआएको बर्दिया शाखाका शाखा प्रमुख सुशीलकुमार लामिछानेले बताए । उनले बैँक तथा वित्तीय संस्थामा कारोबार गर्दा बाध्यात्मक रुपमा बीमा गरेपनि कृषकहरु अझै स्वस्फुर्त रुपमा बीमा गर्न नआउने गरेको बताए । तर राजापुर नगरपालिका ७ का पहारी चौधरीले आँफु चाहेर पनि बीमा गर्न नपाएको बताए । उनले भने – झन्झटिलो प्रक्रिया र विमा कम्पनी एक दुई जना कृषकलाई बाली विमा गर्न नआएको कारणले विमा गर्न पाएन ।’

कतिपय कृषकहरु बीमाप्रति सचेत नै छैनन् । बीमा गर्न चाहने कृषकहरुले पनि विमा गर्दा हुने झन्झटिलो प्रक्रियाले गर्दा विमा नगरेको पाईएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले कृषकहरुले बाली विमा झन्झटिलो प्रक्रिया भएको गुनासो गर्दै आएको बताए । उनले भने –‘नीतिगत समस्याका कारण कृषकहरु नै विमा गर्न आउँदैनन् । नीतिगत समस्या समाधान गरे बाली विमा गर्ने कृषक संख्या बढ्ने छन् । ’

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको