४ पुस २०८२, शुक्रबार | December 20, 2025

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति



काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो ।

चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ ।

प्रवक्ता बर्तौलाका अनुसार दक्षिण एशियाली राष्ट्रहरुमा भने बङ्गलादेश श्रीलङ्का, भुटान, भारतलगायतका देशमा तत्कालै उडान गर्ने गरी तयारी भएको छ । यात्रु चार्टर्ड र कार्गो उडानको अवस्थालाई हेरेर दक्षिण पूर्वी एशियाली मुलुकमा क्रमशः नियमित उडान गरिने एयरलाइन्सले जनाएको छ ।

विशेषगरी यी क्षेत्रबाट धार्मिक पर्यटक बढीभन्दा बढी नेपाल भित्र्याउने उद्देश्यका साथ कम्पनीले चार्टर्ड उडान गरेको जनाएको छ । यती एयरलाइन्ससँग हाल छोटा दूरी तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नसक्ने क्षमताका पाँच थान एटीआर-७२ जहाज रहेका छन् ।

यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले उडान अनुमति पाइसकेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको