४ पुस २०८२, शुक्रबार | December 19, 2025

विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने



विराटनगर । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ ।

उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई रात्रिकालीन उडान हुनेछैन ।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो ।

नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ०४ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म