१२ बैशाख २०८१, बुधबार | April 25, 2024

विराटनगर विमानस्थल अझै जलमग्न, उडान अनिश्चित



विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ ।

भारी वर्षाका कारण डुबानमा परेको विमानस्थलको पानी नघटेपछि यहाँबाट हुने हवाई सेवा सुचारु हुन केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले छिटोमा आगामी शनिबारदेखि मात्र हवाई सेवा सुचारु हुन सक्ने विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए ।

हिजोदेखि वर्षा रोकिए पनि डुबानको क्रममा जम्मा भएको पानीको सहज निकास हुन नसकेका कारण समस्या रहेको उनको भनाइ छ । हवाई उडान र अवतरण कहिलेबाट नियमित हुने टुङ्गो नभए पनि मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गए शनिबारदेखि हवाई सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।

विमानस्थल पूर्ण रूपमा डुबानमा परेपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका छन् । विराटनगर विमानस्थलबाट दैनिक रूपमा काठमाडौँका लागि बुद्ध एयरले नौ, यती एयरलाइन्सले पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार-चार र गुण एयरले एकवटा उडान गर्दै आएका थिए । डुबानका कारण दैनिक रूपमा हुने करिब २५ वडा उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् ।

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट उडान थपेर सेवा दिइरहेको सौर्य एयरका स्टेसन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा सचिन पोख्रेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ३७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको