१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा



काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ ।

जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेको हो । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एक्रमनले सर्वाधिक ११ रन बनाए । श्रीलंका स्पिनर वानिन्दु हसरंगा र लाहिरु कुमाराले समान ३ विकेट लिए ।

समूह ‘ए’बाट श्रीलंका ३ खेलमा ३ मानै जित सहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ सुपर १२ मा स्थान पक्का गरेको हो ।

आयरल्यान्ड ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो र नेदरल्यान्ड्स ३ खेलमा ३ मानै हारका साथ अंक बिहिन हुँदै बाहिरिए । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह ‘बी’ को उपविजेता बंगलादेश र समूह ‘ए’ को विजेता श्रीलंका छन् ।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह ‘बी’ को विजेता स्कटल्यान्ड र समूह ‘ए’ को उपविजेता नामिबिया छन् ।

सुपर १२ बाट दुवै समूहका शीर्ष २-२ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम