पञ्चेबाजाले अन्त्य गरेको छुवाछुत र बाजा बजाएर चलेको जिन्दगी

स्वस्तिक श्रेष्ठ
६ कार्तिक २०७८, शनिबार
                 

बुटवल । पाँच वर्षअघि ठुला सपना बोकेर भारत पसेका पाल्पा दोभानका डम्बर बिक सोचेजस्तो भएन । गाउघरमा निर्वाहमुखी ज्यालादारी पेशा अप्नाएका उनि विदेशमा धेरै पैसा कमाउने आशमा छिरेका थिए । हार्डवेयर कम्पनीमा रोजगार गरेर बल्लबल्ल पाच वर्ष पार गरेर उनी बिकल्प खोज्न लागे । गाउघरमै बसेर घर बनाउने ज्याला बरु त्यो बिदेशको रोजगारभन्दा बढी भएको उनले तुलना गरे । पाँच वर्षको अवधिमा जम्मा गरेको थोरै रकम लिएर उनी घर फर्किए ।

उनले गाउ छोडेको यो पाँच वर्षको अवधिमा धेरै परिवर्तन पाए । स्थानिय तहमा जनप्रतिनिधिहरु गाउँ विकासको विषयमा लागेको देखे । केही दिन गाउँघर डुले । साथीभाईसँग भेटघाट गरे । उनी गाउँमा बस्दा पहिले ढोकल बजाउँथे । विशेष गरी न्वागी महोत्सवमा गाउँमा हुने रमाईलोमा उनी बाजा बजाउदा धेरैले तारिफ गर्दथे ।

बाजाको मोहले युवाहरु अहिले गाउमा सामुहिक कृषि, पर्यटन विकासका काममा अग्रसर भएका छन । गाउघरमा हुने शुभकार्यमा उनिहरु न्युनतम शुल्क लिएर बाजा बजाउछन । अन्य समय भने कोही विद्यालय पढाई गर्छन भने कोही ज्यालादारी काममा व्यस्त हुन्छन् ।

पछिल्लो समय झ्याङला गाउँमा न्वागी महोत्सव आयो । सो क्रममा गाँउ बाहिरबाट बाजा बजाउने ल्याएर पुजापाठ भब्य गरियो । नयाँ अन्नबाली भित्र्याउने पर्वका रुपमा मनाईने यो पर्वमा भब्य पूजापाठ गरिदै आएको छ ।

शुभकार्यमा बाजागाजाका लागि बाहिरबाट मगाउनुपर्ने गाउको बाध्यतालाई चिर्ने प्रण गर्दै उनले आफुजस्तै बाजामा रुचि भएका साथीहरु जम्मा गर्न लागे । आफ्नो रुचिका रुपमा रहेको बाजा बजाउने कलालाई ब्यवसायका रुपमा अघि बढाउने गरी अघि बढे । ‘शुरुवातमा बाजाहरु किन्न आर्थिकको अभाव थियो ।’– उनले भने । यस्तोमा स्थानिय अगुवाहरुबाट सहयोग मिलेको उनी बताउछन । झ्याङला स्मार्ट कृषि होमस्टे अन्तरगत युवाहरुलाई आवद्ध गराएर बिहानसाझ बाजा बजाउने प्रशिक्षण शुरु भयो । एक वर्षको अन्तरालमा नै गाउमा हुने शुभकार्यहरुमा बाहिरबाट बाजा मगाउनुपर्ने बाध्यता हट्यो । यतिमात्र होईन अहिले गाँउका युवाहरु बजाबजाए्र आय आर्जनको पाटो बनाउन सफल भएका छन् ।

बाजाका विभिन्न जिम्मेवारी अनुसार स्थानिय युवाहरुलाई तालिम दिईएको छ । जसमा डम्बर बिकले ढोकल, सुनिल थापाले सहनाई बजाउछन । सुनिल सहनाई बजाउने मात्र होईन घर बनाउने काममा पनि निपुर्ण छन । उनले अधिकाश गाउँका घर बनाएका छन । ज्यालादारी गरेर जिवन निवार्ह गरेका उनि अहिले बचेको समयमा शुभकार्यमा बाजा बजाउँदा अझ बढी उत्साह जागेको बताउछन ।

पहिले पहिले बाजा बजाउने काम दमाई वा दलितको हो भने अपहेलना गर्ने गरिएपनि गाँउमा अहिले त्यो अवस्था छैन । गाँउमा बजामा आनन्द लिएपनि व्यवहारमा जातभातको सोँच थियो, तर अहिले पुरानो जातीय छुवाछुतलाई पनि सामुहिक बाजा समुहले निकै कम गराएको छ ।

पहिले पहिले बाजा बजाउने काम दमाई वा दलितको हो भने अपहेलना गर्ने गरिएपनि गाँउमा अहिले त्यो अवस्था छैन । गाँउमा बजामा आनन्द लिएपनि व्यवहारमा जातभातको सोँच थियो, तर अहिले पुरानो जातीय छुवाछुतलाई पनि सामुहिक बाजा समुहले निकै कम गराएको छ । पहिलेको तुलनामा बाजा बजाउनेहरुलाई हेर्ने दुष्टिकोण परिवर्तन भएको उनी ठान्दछन । ‘समुहमा बसेर काम गर्दा छुट्टै मजा आएको छ ।’– उनले भने ।

श्री थानिडाडा माविमा १० कक्षामा अध्ययरत सुमन घर्तिमगरले दमाहा बजाउछन । स्कुले जिवनबाट नै बाजा बजाएर आम्दानीको अनुभव लिएका उनी निक्कै खुशी छन । ‘नास्ता खर्च घरमा माग्नु परेको छैन ।’– उनले भने । यसैगरि भर्खर दोभान माविमा कक्षा १२ परीक्षाको परिक्षा दिएका सचिन जिएमले झ्याली बजाउछन । दोभानमै कक्षा ११ मा अध्ययरत अजित घर्ती मगर दमाहा, ज्ञान बहादुर अर्घालीले कर्नाल, शिव सारुले सहनाई, कुल बहादुर घर्तिमगरले टेम्पो र अभिशेष कुवरले दमाहा बजाउछन । उनिहरुलाई सहयोगीहरु युवराज लम्साल र दिपेश बिकले साथ दिएका छन । अन्य समयमा उनिहरु ज्यालादारी र कृषि कर्म गर्दछन ।

झ्याङला स्मार्ट कृषि होमस्टेका संयोजक ईमानसिह थापाले गाउँघरमै युवाहरु सीप सिकेर रोजगारी सृृजना गर्न सफल भएको बताए । प्रदेश सरकारबाट स्मार्ट कृषि गाउका रुपमा सहयोग पाएपछि धेरै तालिमहरु भएको उनले बताए । युवाहरुले व्यवसायिक तरकारी खेति, भैंसी पालनका तालिमसंगै गाउमै अग्रसर भएको भन्दै यसमा सरकारबाट थप सहयोग गर्नुपर्ने बताउँछन ।

स्मार्ट कृषि भिलेज समितिका अध्यक्ष चोपलाल गिरी तिनाउ गाउँपालिका क्षेत्रमा रहेका धेरै पर्यटकिय क्षेत्रहरु रहेकाले पनि पर्यटनको सम्भावना देख्दछन । यहाँका बस्तीहरुलाई कृषि होम स्टेका रुपमा विकास गर्ने लक्ष्यसहित आफुहरु लागेको उनले बताए । अर्गानिक खाना खुवाउने र होम स्टेको सेवा दिने रुपमा कृषि स्मोर्ट कार्यक्रम शुरु भएको उनले बताए ।

गाउघरमा विकासको लहर शुरु भएको भन्दै युवाहरु कृषि, पर्यटनको क्षेत्रमा अग्रसर भएर सामुहिक रुपमा लागेको उनले बताउछन । कोरोना संक्रमणका कारण कार्यक्रम केही प्रभावित भएको उनिले दुखेसो गरे । सामुदायिक वन उपभोक्ता समुह, स्मार्ट भिलेज र वन कार्यालयमार्फत पंचेबाजा सेट खरिद, होम स्टे संचालनका लागि कपडा खरिदमा सहयोग भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*