१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लोप हुँदै पञ्चेबाजा, नयाँ पुस्ताले बजाउनै छाडे



मुसीकोट । गाउँघरमा हुने विभिन्न सुखद जमघटमा अनिवार्यजस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला नियकायले संरक्षणमा जोड नदिँदा पञ्चैबाजा संरक्षणमा चुनौती थपिएको हो ।

दमाहा, ट्याम्को, झ्याम्टा, सनई र ढोलकी यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चैबाजा । विवाह, व्रतबन्ध, पूजाआजा र अरु विविध सामाजिक कार्यमा बज्ने यस्ता बाजाको प्रयोग हिजोआज कमै मात्रामा हुन थालेको छ । पुरानो पुस्तामा यो बाजा बजाउने सीप भए पनि पछिल्लो पुस्ताले यसमा खासै चासो दिएको छैन । बाजा बजाउने सीपको पुस्तान्तरण हुन नसक्दा यो मौलिक नेपाली सङ्गीत हराउँदै जान थालेको स्थानीयवासी रविलाल नेपालीले बताए ।

पहिले दलित समुदायका विभिन्न जातिले यो बाजालाई पेसा बनाएका थिए तर पछिल्लो पुस्ताले यसमा अभिरुचि नदेखाएपछि रुकुममा पञ्चेबाजा बजाउने कम हुँदै गएका छन् । गाउँमा बाजा बजाउने सबै पुराना पुस्ताका मात्र देखिन्छन् । नयाँ पुस्ताले पञ्चेबाजा बजाउन नसिक्दा पञ्चेबाजा लोप हुने त होइन भन्ने चिन्ता बढेको मुसीकोटका भागिराम परियार बताउछन ।

पञ्चेबाजासँगै अन्य विविध मौलिक संस्कृति संरक्षणमा सरोकारवाला निकायले गरिरहेको प्रयास पर्याप्त हुन सकेको छैन । बाजा बजाउनेलाई पोसाक र बाजा खरिदमा सहयोग गर्ने, बेलाबेलामा प्रतियोगिता आयोजना गर्ने र विभिन्न ¥याली, जुलुस, उत्सव तथा औपचारिक कार्यक्रममा सहभागी बनाउनेजस्ता काम गर्ने गरे पनि बाजा संरक्षणका लागि बाजा बनाउनेदेखि बजाउने सीपको प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको मुसीकोट नगरपालिकाका नगर उपप्रमुख विमलकुमार पुन बताउछन ।

स्थानीय सरकारले पनि पुराना मौलिक बाजा संरक्षणका लागि विभिन्न कार्यक्रम बनाएको उनको दाबी छ । बजारमा पाइने आधुनिक गाजाबाजाको कारण पनि पञ्चैबाजा लोप हुँदै गएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाको भनाइ छ ।

“मौलिक कला, संस्कृति र सङ्गीत हाम्रा अमूल्य सम्पति हुन्”, देवकोटाले भने, “हाम्रा पुर्खाले कयौँ कला, संस्कृति र सङ्गीतको विकास गरेका छन् ।” यसको संरक्षण र प्रचारप्रसार जरुरी रहेको उनको भनाइ छ । पञ्चेबाजासहित अन्य लोक संस्कृतिको मुहार आगामी पुस्ताले देख्न मुस्किल पर्ने र यसका लागि पछिल्लो पुस्ताको सक्रियता र अभिरुचिको पनि उत्तिकै खाँचो देखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्षको जोड छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : २८ बजे

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको