हिन्दु चाड

हाईकु दशैं कथा
खबर कुरा
६ कार्तिक २०७८, शनिबार
                 

नेपाली चाड
आपसी भेटघाट
गरीबी रुँदै

हिन्दुको चाड, दशैं र तिहारले बेकुण्ठेको घर वरिपरिबाट घेरिरहेको थियो । झुत्रे र भोका छोराछोरीहरु “दशैं आयो खाउँला,पिउँला, नयाँ नाना लाउँला”भन्दै आगनमा उफ्रिरहेका थिए । घरमा खाने गेडा थिएन । अँधियामा लगाएको घैया पाकिसकेको थिएन । अलिअलि भएको आफ्नो जग्गा, स्वास्नीलाई यमराजको पञ्जबाट छुटाउन धामी झाँक्री र डाक्टरहरुको सेवामा भेटी चढाउँदा उडेको थियो ।

कथाकार

सम्मुखमा आएर आफूलाई हेरिरहेको दशैँलाई स्वागत नगर्दा उसको बच्चाहरुको आशामा कुठाराघात हुने मात्र हैन सपत्नी स्वयमको मनलाई पनि थान्को लाउन गाह्रो थियो । बर्षदिनको चाड मान्न टाढा टाढा छरिएका चेलिवेटी दिदी बहिनीहरु छातिभरि उमङ्ग बोकेर माइत अर्थात जन्मघर आउने निश्चित थियो । दशैं उत्सव मनाउन अग्रजको घरमा टीका थाप्न जान कोशेली र आफ्ना घरमा आउने कनिष्टहरुलाई टीका जमरा लाएर प्रसादरुपी मासु चिउरा आदि भोजन चखाउनु पनि उसको कर्तव्यमा पर्दथ्यो ।
अतःदशैँ फुक्र्याउन थाप्लोमा भरिएको आर्थिकभार र समस्या व्यवस्थित गर्नको लागि ऋणको विकल्प थिएन । आशको हत्केला फैलाएर पुनः पहिलेकै साहुको दैलो ढक्ढकाउन गयो ।
घाम पानी छेक्ने झुप्रो बाहेक भौतिक सम्पत्ति त्यही साहुको ठगीद्वारा सकिएको थियो । अहिले साहुले भन्यो–“ए बैकुण्ठे,फेरि आइस ? किन आइस ?”
बैकुण्ठे–“ फेरि ऋण लिन आको साहु जी । के गर्ने वरिपरिबाट दशैँले घेर्दै ल्यायो । एकातिर बच्चाहरु ‘दशै आयो खाउँला,लाउँला’भन्न थालिसके । बर्षदिनको चाडमा आउना पाउना,चेलीवेटी आउ्रँलान् । अघिपछि नभए पनि चाडवाडको दिनमा अलिकति आफ्नो पनि जिब्रो पग्लिएला । त्यसैले व्यवहार चल्या साहुसंग अलिकति सापटी माग्न आको नि?”
धितो बन्धकीमा डल्लो पारेर जग्गा असुलेको मोटे साहुले झर्किदै,निधारमा गाँठो पारेर भन्यो–“तैले भएको एकटुक्रा जग्गा बेचिसकिस, अब के बेचेर तिर्छस र तलाई कर्जा दिने हँ ? म दिन सक्तैन ।”
आशाको रुखबाट खसेर घायल भएको बैकुण्ठेले पुनः अनुनय ग¥यो–“त्यसो नभन्नु न मालिक । त्यसबेला मलाई समस्याले बाँधेर गाँठो पार्दा तपाईले झन गाँठो कसेर औँठाछाप लाउन पार्नु भयो । त्यसमा मेरो कुनै गुञ्जायस गरेकोछैन । अस्ति भर्खर यौटा खड्गो टारेँ । अहिले मलाई दशैँले छोप्यो । मेरो बुढी सञ्चो भएको खुखियाली पनि यो दशैसंग मिस्सिएकोछ मालिक । म मजदुरी काममा जुटिसकेकोछु । कमाएर छिटै तिरीदिनेछु जसरी भए पनि मेरो दशैँलाई बचाइदिनुस् । ”
एक महिना बित्नबित्तिकै दिने गरी पाँच प्रतिशत ब्याजमा दुई हातको औँठाछाप लगाएर खल्तीमा चार हजार रुपैयाँ र मनमा क्षणिक खुशियाली साथ लिएर बैकुण्ठे घर आयो,तत्काल ।
त्यही रकमले बैकुण्ठेको यसपालीको दशैँ ट¥यो,तिहार ट¥यो,हाँसी खुशीमा । चाड सकिएको,थैलीमा भ्वाङ परेको पत्तै भएन । पर्सी पल्टदेखि अलिअलि ढ्याङ्ग्रो बज्न शुरु भयो,बैकुण्ठेको मस्तिष्कमा । दिन चुलिदै जाँदा साहुको धम्कीको भूकम्पले हल्लाउनै थाल्यो । उसले आश गरेको,आफूले काम गरेको थियो, त्यहाँबाट लिने ठाउँको साहुले ज्याला रोकिदिएर,आलटाल गर्दै थियो । दिने ठाउँको साहुले म्याद पुग्यो भनेर गर्दन र जिब्रो समाउन थाल्यो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*