४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाढीपहिरो प्रभावित क्षेत्र : सतर्कता अपनाउन चिकित्सकको सुझाव



काठमाडौं । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँ बराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका छन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले बाढीपहिरो तथा डुबान प्रभावित जिल्लामा झाडापखाला, ज्वरो, कमलपित्त, टाइफाइड, जन्डिसलगायतका समस्या देखिन सक्ने जानकारी दिए । बाढीपहिरो गएको क्षेत्रमा सङ्क्रामक रोगको जोखिम भएकाले सतर्कता अपनाउन उनले सुझाव दिए ।

बाढीपहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो, रुघाखोकी, जन्डिसलगायतका समस्या देखिने भन्दै उनले धनजनको क्षतिभन्दा स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिए । खानेपानीमा दिसा मिसिएमा तथा बाढीले पानी फोहोर हुँदा रोग फैलिन सक्ने भन्दै उनले पानी उमालेर खान तथा पीयूष मिसाएर पिउन आग्रह गरे ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको स्वास्थ्य समस्या र समाधानका लागि छलफल भइरहेको बताए । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : ४९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज