७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

आजबाट प्रदेश नम्बर १ मा पनि एमालेले सत्ता गुमाउँदै, एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने



काठमाडौं । गण्डकी प्रदेशबाट एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने सृङ्खला आज प्रदेश १ मा पुग्ने करिव निश्चित जस्तै भएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री भिम आचार्यले प्रदेशसभासँग मागेको विश्वासको मत उपर आज मतदान हुने भएको छ । संसदमा आचार्यलाई आवश्यक पर्ने मत नपुग्ने भएकाले प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै बनेको हो । यस अघि लुम्बिनी प्रदेशमा पनि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढलिसकेको छ ।

प्रदेश नम्बर १ मा सरकार टिकाउन ४७ मत आवश्यक पर्ने भएपनि मुख्यमन्त्री आचार्यसँग ४७ मत छैन । प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै पुग्छ । संसदमा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा लागेको छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद रहेका छन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वकाबीच प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् । १० गते सम्मका लागि स्थगित भएको बागमती प्रदेशमा पनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढालेर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारीमा सत्ता गठबन्धन देखिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : २१ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको