२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

बिना दर्ता औषधि पसलको कुशेमा हालिमुहाली



जाजरकोट । कुशे गाउँपालिकामा अवैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन् । पहुँचमा स्वास्थ्य संस्था तथा पर्याप्त औषधि नहुँदा अवैध रूपमा औषधि पसलहरू सञ्चालनमा रहेका हुन् ।

चिकित्सकले बिरामी जाँच गरेपछि दिइने पूर्जीका आधारमा अनुमति प्राप्त व्यक्ति औषधि बिक्री गर्न पाइने कानुनी व्यवस्था छ । तर, कुशे गाउँपालिकामा बिना दर्ताका १३ वटा औषधि पसलबाट चिकित्सकको पूर्जी बिना बिरामीलाई औषधि बिक्री गरिरहेका कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताए ।

जथाभावी औषधि बिक्री गर्दा मावन स्वास्थ्यमासमेत असर गरेको उनको भनाइ छ । नियमनकारी निकायको बेवास्ताका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी यहाँका अवैध औषधि पसलबाट औषधि बिक्री भइरहेका छन् ।

सरकारी स्वास्थ्य संस्थाको संख्याभन्दा निजी औषधि पसलको संख्या बढी छ । स्वास्थ्य चौकीको संख्या पाँच र आधारभूत स्वास्थ्य सेवा केन्द्रको संख्या चार मात्र छ । भएका स्वास्थ्य संस्थामा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिन्छ। करारका अधिकांश स्वास्थ्यकर्मीले सरकारी स्वास्थ्य संस्था धानेको देखिन्छ ।

साथै कुशे गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थामा सञ्चार सेवा छैन । स्वास्थ्य सेवा कार्यालय, पालिकामा खबर गर्नकै लागि हिँडेरै पुग्नु अथवा इन्टरनेटको सहारा लिनु पर्ने अवस्था छ । २४ हजार १७१ जना जनसंख्या रहेको कुशेमा प्राथमिक स्वास्थ्य केन्द्रको संख्या शून्य छ ।

सबै पालिकामा संघीय सरकारले १०-१५ शैय्याको अस्पताल बनाउनका लागि पहल भए पनि कुशेमा भने सो हुने सकेको छैन । सबै भन्दा बढी हवाइ सेवा लिने बिरामीहरूमध्ये कुशेकै बढी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जुम्लाको सिमाना संग जोडिएको यो पालिका सडक सञ्जालसँग हिउँद मात्र सञ्चालन हुने गर्दछ । वर्षायाममा यातायात सेवा ठप्प हुने गर्दछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ४७ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२