३ पुस २०८२, बिहिबार | December 18, 2025

मरेको माहुरी दूधमा घोलेर बेच्छन् मिष्ठान्न व्यापारी



सुनसरी । सुनसरीका दुई मिठाई पसलमा अखाद्य वस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, खाद्य प्रविधि तथा डिभिजन कार्यालय सुनसरी र इटहरी उपमहानगरको संयुक्त अनुगमन टोलीले दूषित मिठाई बनाउँदै गरेको, पकाउने स्थानमा फोहोर तथा दुर्गन्ध फैलिएको फेला पारेको हो ।

इटहरीको पूर्व लाइनमा रहेको विष्णु मिष्ठान्न भण्डार र इटहरी चोक नजिकै रहेको न्यु नटराज स्विट्स चार्ट हाउसमा आलु, कोपी भुइँमा राखेको, दूधबाट बन्ने परिकारमा मरेको माहुरीसमेत फेला परेको, दुर्गन्धित फोहोर बाहिर नफ्याँकेको पाइएको हो । अनुगमनका क्रममा उक्त अवस्था भेटेपछि विष्णु मिष्ठान्न भण्डारबाट रसबरी, दूध, पेडालगायतका २० किलो अखाद्य वस्तु नष्ट गरिएको छ ।

उक्त भण्डारलाई नगद २० हजार रुपैयाँ जरिमाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । उनले भने, ‘हामीले दैनिक खाने वस्तुमा अति नै लापरबाही तथा उपभोक्ताप्रति गम्भीर नदेखिएपछि केही सामान तुरुन्त फ्याँक्नसमेत लगाएका छौँ ।’

ग्राहकलाई खानेकुरा देखाउँदा राम्रो देखाउने तर पकाउने भान्सा कोठा भने दुवै पसलमा अत्यन्त कमजोर रहेको पोखरेलले बताए । पहिलो पटक भएर थोरै जरिमाना गरिएको बताउँदै फेरि आउँदा सुधार नभए कडा कारबाही गर्ने उनको भनाइ छ ।

त्यस्तै, इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरको भान्सामा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा साँघुरो कोठामा पकाउने र प्याकिङ गर्ने गरेको पाइएको छ । उक्त स्टोरलाई पकाउने र प्याकिङ गर्ने स्थान फरक फरक राख्न सुझाव दिइएको पोखरेलले बताए । स्टोरको नाममा भान्सा चलाउन ऐन, कानुनमा उल्लेख नभएकाले भान्सालाई फरक कम्पनी दर्ता गरेर संचालन गर्नसमेत भनिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका