७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेका छन् : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेको आरोप लगाएका छन् । चितवनको भरतपुरस्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) भरतपुर– २६ दिव्यनगरले गरेको सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले शक्ति राष्ट्रहरूको दबाब अस्वीकार गर्ने आँट गठबन्धन सरकारसँग भएको दाबी गरे ।

उनले विदेशी शक्तिहरूमार्फत नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि ठूलो चुनौती देखिएको उल्लेख गर्दै राष्ट्रिय रूपमा अप्ठ्यारो परिवेश भए पनि यो गठबन्धनले लोकतन्त्र, गणतन्त्र बचाउन अहिलेको विदेशी हस्तक्षेपलाई परास्त गर्ने विश्वास व्यक्त गरे । यो गठबन्धनले लोकतन्त्र, गणतन्त्र बचाउन अहिलेको विदेशी हस्तक्षेपलाई परास्त गर्ने विश्वास मैले लिएको छु ।’ उनले भने ।

उनले पछिल्लो समय बुझीनबुझी संघीयता विरोधी र राजतन्त्रका पक्षमा भएका टीकाटिप्पणी समेत अर्थहीन भएको बताए । ‘दास व्यवस्थातर्फ हैन, वैज्ञानिक र उत्कृष्ट समाज विकासमा छलफल गर्न सकिन्छ । तर यसको विरोध आवश्यक छैन ।’ प्रदेश प्रमुख शेरचनले भने ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : २५ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने