२८ माघ २०८२, बुधबार | February 12, 2026

तेह्रथुमको गाउँघरमा फुल्यो ढकमक्क सयपत्री, तिहारमा अभाव नहुने



तेह्रथुम । फूलै फूलको पर्वको रूपमा चिनिन्छ, तिहार । दसैँमा रंगाइएका घरहरूमा तिहारमा फूलको मालाले झिलिमिली बनाइनेगरिन्छ । गाउँघरमा रोपिएका फूल कहिले सिजनभन्दा पहिले फूल्ने त कहिले तिहारपछि मात्र फुल्दा घर सजाउन र भाइटीकामा फूलको अभाव हुन गरेको छ ।

तर, यो वर्ष भने तिहार नजिकिँदै गर्दा तेह्रथुमका गाउँघरमा फूल फुलेर ढकमक्क बनेको छ । तिहारमा गाउँघर प्रशस्त रूपमा फूल नहुँदा तराईबाट निर्यात भएको रबरका फूलहरूले घर सजाउने गरेका थिए ।

गाउँमा व्यावसायिक फूल खेती नुहँदा वर्षेनि तेह्रथुमका स्थानीयहरू फूलको अभाव भोग्दै आएका छन् । प्रशस्त फूल नभएकै कारण कृतिम फूलहरूको भर पर्नु यहाँका नागरिहरूको बाध्यता बन्दै आएको छ ।

तर, यसवर्ष भने गाउँ घरमा रोपिएका फूलहरू सिजनमै फुलेपछि विगतका वर्षहरूझैँ फूलको अभाव नरहेको हमरजुङका कमला भट्टराईले बताइन् । ‘सिजनमा फूल नफुल्दा रबरका फूल किनेर घर सजाउनु र स्थानीय बजारबाट किनेरै तिहारमा फूलमाला बनाउनुपर्थ्यो । तर, यो वर्ष घरमा रोपेकै फूल सिजनमा फुलेपछि समस्या छैन’, उनले भनिन् ।

कमलाजस्तै हमरजुङकै राजकुमारी लिम्बूले पनि रोपेको फूल ढकमक्क फुलेको छ । उनी भन्छिन्, ‘यसपालि प्रशस्त फूल फुलेकाले तिहारमा फूलको समस्या हुँदैन ।’

कमला र राजकुमारीजस्तै यहाँका स्थानीयहरूलाई यो साल फूल अभाव हुन्छ भन्ने चिन्ता छैन । यहाँका स्थानीयहरूले सयपत्री, मखमलीलगायत विभिन्न प्रजातिका फूल रोप्दै आएका छन् ।

गाउँगाउँमा सडक सञ्जालहरू जोडिएकाले फूल खरिदका लागि समेत व्यापारीहरू गाउँगाउँमा आउन थालेका छन् । तिहारभन्दा पहिले फूल फुलेका कारण व्यावसायीयलाई भने समस्या भएको फक्चामाराका रोहितजंग कार्की बताउँछन् ।

तेह्रथुमका उत्पादन भएको फूलस्थानीय बजारहरूका साथै पूर्वी तराईका जिल्लाहरूमा निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ४२ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी