हारको फ्याक्टर : क्रिकेटर मोहमम्द शमी विरुद्ध ट्रोल, कास्मिरी विद्यार्थीमाथि आक्रमण

खबर कुरा
९ कार्तिक २०७८, मंगलवार
                 

नयाँ दिल्ली । दुबईमा आइतबार भारत र पाकिस्तानबीच टी-२० विश्व कप क्रिकेट म्याच शुरू हुनु ठीक अघि भारतीय टीमले ब्लाक लाइभ्स म्याटर (बीएलएम – अश्वेतहरुमाथि भएको अत्याचार विरुद्धको आन्दोलन) लाई समर्थन गरेको थियो ।

भारतले म्याच हार्यो । पाकिस्तानले कुनै पनि विश्वकपमा कट्टर प्रतिद्वन्द्वीको विरुद्ध पहिलो जीत हासिल गर्यो ।

दुबई इन्टरनेशनल स्टेडियममा म्याच समाप्त हुनेवित्तिकै भारतमा पाकिस्तानी जीतमा खुशी मनाइरहेका केही कास्मिरी छात्रामाथि आक्रमण भयो । यहाँसम्म कि प्लेइङ ११ का मुस्लिम सदस्य मोहम्मद शमी विरुद्ध सोसल मिडियामा निकै आक्रोशयुक्त गाली दिइयो । यसका बाबजुद कप्तान विराट कोहलीले दुबईमा पाकिस्तानले उत्कृष्ठ खेलेको स्वीकार गरेका थिए ।

हुन त क्रिकेट म्याचले अक्सर परमाणु हतियारले लैस दुई छिमेकी बीचको तनाबलाई बढाउने गरेको छ । जसले १९४७ मा स्वतन्त्रतापछि तीन युद्ध लडिसकेका छन् ।

‘म असुरक्षित छु’
पश्चिम भारतको पञ्जाव राज्यको मोहाली जिल्लास्थित एक कलेजमा पढ्ने काश्मिरी मुजामिलले अल जजिरारालाई बताएका छन्, ‘क्रिकेट म्याच सकिएको केही मिनेटभित्रै हाम्रो छात्राबासबाहिर लगभग २० गुण्डाको समुह जम्मा भएको थियो ।’ हामीहरुले उनीहरुको अनुहार कहिल्यै देखेका थिएनौं । हामीलाई थाहा थिएन कि उनीहरु को थिए । उनीहरुको साथमा लठ्ठी थियो । उनीहरुले मेरा तीन जना साथीहरुलाई पिटे । म डराएर कोठा बाहिर निस्किन ।’, प्रतिशोधका डरले २२ वर्षीय ती विद्यार्थीले आफ्नो पुरा नाम बताउन चाहेनन् ।

आक्रमणपछि ज्यान जोगाउनका लागि उनीहरु अर्को साथीको घरमा जान बाध्य भए । ‘यो एक खेल थियो । कुनै पनि टीमको समर्थन गर्नु व्यक्तिगत कुरा थियो । हामीमाथि जे भयो, वास्तवमै त्यो गलत हो’, अलजजिरालाई उनले बताए । ‘यस्तो कृत्य हामीहरुमाथि नयाँ दिल्लीमा पनि हुनेगरको छ र अन्य स्थानमा पनि भैरहेको छ । एक कास्मिरी छात्र हुनुको कारण मैले असुरक्षित महशुस गरिरहेको छु ।’ जम्मू–कास्मिर छात्र संघका राष्ट्रिय प्रवक्ता नासिर खुहमीले पाकिस्तानको जितमा खुशी मनाउन कास्मिरीलाई उदाहरण दिँदै भने तर पन्जावममा यस्तो गर्नु आत्मघाती थियो ।’ उनले भने, ‘उनीहरु मुख्यभूमि भारतमा अल्पसंख्यक हुन । उनीहरुले उत्सव बनाउनु बेवकुफी थियो । आफ्नो जीवन नै खतरामा रहेको अवस्थामा यस्तो गर्नु बुद्धिमानी कदम होइन ।’

कास्मिरमाथि भारत र पाकिस्तानको दाबी रहँदै आएको छ । हिमालय क्षेत्रमा भारतीय पक्षले केही दशकदेखि सशस्त्र विद्रोह भोग्दै आएको छ । जहाँका कैयौं मानिसहरु मुस्लिम बहुल पाकिस्तानमा विलयलाई समर्थन गर्छन् ।

खुहमीका अनुसार म्याचपछि पुरै भारतमा कमसेकम १४ कास्मिरी छात्रामाथि हमला भएको छ । जहाँ सात जना गम्भीर घाइते भएका छन् । उनका अनुसार आइतबार रातभर उनले कास्मिरी छात्रामाथि आइलागेको संकटबारे आएका फोनकलको जवाफ दिएरै बिताए । यद्यपी, प्रहरीले भने कास्मिरी छात्रछात्रामाथि कुनै हमला नभएको बताएको थियो ।

भारतको हारपछि भारतीय क्रिकेटर शमीको इन्स्टाग्राममा सयौं अपमानजनक सन्देश आएका छन् । तिब्र गतिका बलरमाथि ‘देशद्रोही’, ‘विक आउट, जस्ता शब्दप्रहार भएका छन् । केही कमेन्टमा त शमी पाकिस्तानी भएको दाबी गर्दै उनलाई भारतीय टीमबाट हटाउन माग गरिएको छ ।

शमीले आफ्नो वन डे, टी-२० डेब्यू पाकिस्तान विरुद्ध क्रमशः २०१३ र २०१४ मा गरेका थिए । जबकी, ती दुवै म्याचमा भारत विजयी भएको थियो ।

आलोचकहरुले भारतीय क्रिकेट टिम शमीमाथि भएको आक्रमणबारे नबोलेकोमा आश्चर्यचकित भएका छन् । ‘जानीबुझि मौन रहनु अज्ञानता भन्दा पनि भयानक छ’, उनीहरुले किन घुँडा टेके ?’ अधिकारकर्मी एवं भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादीकी सदस्य कविता कृष्णन भन्छिन्, तिमीहरु आफ्नै सरकारसँग कास्मिरीको जीवन र मुस्लिमको विषयमा किन कुरा गर्न सक्दैनौं ?’

भारत प्रशासित कास्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाका अनुसार शमी ती ११ खेलाडीमध्ये एक हुन् जो हिजो राति भएको खेलमा हारेका छन् । मैदानमा उनी एकमात्र खेलाडी थिएनन् ।’ उनले ट्वीरटमा पोस्ट गरेका छन्, ‘टीम इन्डिया, तिम्ले बीएलएमसँग घुँडा टेक्ने विषयले त्यति महत्व राख्दैन जति तिमी तिम्रो साथीको पक्षमा खडा हुन सक्दैनौं । जसलाई सोसल मिडियामा निकै अपमानपूर्वक ट्रोल गरिएको छ ।’

कृष्णन प्रश्न गर्छिन्, ‘बीएलएम आन्दोलन त अश्वेतमाथि पुलिसको बर्बरता विरुद्ध थियो । भारतीय खेलाडी मुसलमान विरुद्ध भैरहेको पुलिस अत्याचार विरुद्ध किन बोल्दैनन् ?’ दोस्रोका लागि यो पोज दिने फेसनेवल कुरा हुनसक्छ तर यो नैतिक दिवालियापन हो । – अल जजिराबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*