२२ भदौ २०८३, सोमबार | September 8, 2026

६ महिनापछि बल्ल खुल्यो लाइसेन्सको नयाँ आवेदन



काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमति पत्र ९स्मार्ट लाइसेन्स०को परीक्षाका लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि अनलाइनमार्फत पुनः नयाँ आवेदन खुला गरेको हो ।

कोभिड-१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुसालले सोमबारदेखि नयाँ आवदेन खुला गरिएको जानकारी दिएका छन् । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ,’ प्रवक्ता भुसालले भने ।

अहिले आवेदन दिने सेवाग्राहीको पालो भने चार-पाँच महिनापछि मात्रै आउने भएको छ । यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ ।

आवेदन फर्म भर्नका लागि सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म भर्न सक्ने विभागले जनाएको छ । अनलाइन फारम भर्नका लागि विभागको वेबसाइटमा गएर भर्न सकिने व्यवस्था मिलाइएको छ ।

विभागको बेवसाइट खोलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्न सकिनेछ । त्यसपछि पेजको सबैभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन देखिनेछ त्यसमा क्लिक गरेपछि नयाँ पेज देखिनेछ । नयाँ क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यु, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर प्रक्रिया अगाडि बढाउनुपर्ने विभागले जनाएको छ । त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्न सकिने विभागले जनाएको छ ।

स्मार्ट लाइसेन्सको छपाइ ढिलाइ हुँदा अहिले काठमाडौं उपत्यकाभित्र लिखित र ट्रायल पास गरेकाहरूलाई विभागले परीक्षणकालीन लाइसेन्स दिँदै आएको छ । स्मार्ट लाइसेन्सको छपाइमा अहिले पनि सुस्तता देखिएको छ । हाल छपाइको काम बन्द रहेकोमा तिहारपछि सुरु गरिने विभागले जनाएको छ ।

यसअघि, कोभिड-१९ कारण स्थगित लाइसेन्स परीक्षा भदौ तेस्रो साता खुलाइएको थियो । त्यसयता, विभागले ट्रायल परीक्षा सञ्चालनका लागि कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड २०७८ ल्याएर ट्रायल परीक्षा सञ्चालन गराउँदै आएको छ ।

विभागले साउन अन्तिमबाट नै लाइसेन्स परीक्षा खुलाउने तयारी गरेको थियो । पछिल्लो समय कोभिड संक्रमित संख्यामा वृद्धि भएपछि परीक्षा खुलाउन विभागपछि हटेको थियो । पछिल्लोपटक लोकसेवाको परीक्षा तथा कक्षा १२ परीक्षासमेत भौतिक रूपमा हुने भएपछि विभाग लाइसेन्सको परीक्षा खुलाउनेमा पुगेको थियो ।

२०७६ चैतको लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ०७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार