१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले पालिका अधिवेशन : रुपन्देहीका १६ मध्ये १२ पालिकामा सर्वसम्मत नेतृत्व चयन



बुटवल । रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधन, गैंडहवा, कन्चन, कोटहीमाई, ओमसतिया, रोहिणी, मर्चवारी, समरीमाई र मायादेवी गाउँपालिकाको प्रथम अधिवेशनबाट एमालेको नेतृत्व सर्वसम्मत भएको हो ।

बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएका छन् ।

सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट टेकनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगर कमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष न्यौपानेसँगै शालिकराम भण्डारी र जिवनाथ पाण्डेले दावी पेस गरेकामा न्यौपाने सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिवद्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन भएका छन् । अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।

लुम्बिनी सांस्कृतिकको नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा जगदिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

गैंडहवा गाउँ कमिटी अध्यक्षमा भुवन राना र कन्चन गाउँ कमिटी अध्यक्षमा दिनानाथ आचार्य सर्वसम्मत चुनिएका छन् । कोटहीमाई गाउँपालिका अध्यक्षमा राजकुमार गौण, ओमसतिया गाउँ कमिटी अध्यक्षमा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँ कमिटी अध्यक्षमा सुनिलकुमार कौशल चुनिएका छन् ।

मर्चवारीमा केशरनाथ गिरी, समरीमाईमा इनुक मुसलमान र मायादेवी गाउँ कमिटीमा साधुशरण साहनी अध्यक्षमा निर्विरोध चयन भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ०४ बजे

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता