६ भदौ २०८३, शनिबार | August 22, 2026

एमाले पालिका अधिवेशन : रुपन्देहीका १६ मध्ये १२ पालिकामा सर्वसम्मत नेतृत्व चयन



बुटवल । रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधन, गैंडहवा, कन्चन, कोटहीमाई, ओमसतिया, रोहिणी, मर्चवारी, समरीमाई र मायादेवी गाउँपालिकाको प्रथम अधिवेशनबाट एमालेको नेतृत्व सर्वसम्मत भएको हो ।

बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएका छन् ।

सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट टेकनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगर कमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष न्यौपानेसँगै शालिकराम भण्डारी र जिवनाथ पाण्डेले दावी पेस गरेकामा न्यौपाने सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिवद्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन भएका छन् । अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।

लुम्बिनी सांस्कृतिकको नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा जगदिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

गैंडहवा गाउँ कमिटी अध्यक्षमा भुवन राना र कन्चन गाउँ कमिटी अध्यक्षमा दिनानाथ आचार्य सर्वसम्मत चुनिएका छन् । कोटहीमाई गाउँपालिका अध्यक्षमा राजकुमार गौण, ओमसतिया गाउँ कमिटी अध्यक्षमा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँ कमिटी अध्यक्षमा सुनिलकुमार कौशल चुनिएका छन् ।

मर्चवारीमा केशरनाथ गिरी, समरीमाईमा इनुक मुसलमान र मायादेवी गाउँ कमिटीमा साधुशरण साहनी अध्यक्षमा निर्विरोध चयन भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ०४ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक