२ कार्तिक २०८३, सोमबार | October 19, 2026

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित



मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ ।

मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् ।

मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रुपमा सञ्चालन हुने गरेको थियो । प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ ।

जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडकमार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरुले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नु परेको बताए । यद्यपि चार्टर उडान भने नरोकिने उनको भनाइ छ ।

यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १० : ३९ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट