३ पुस २०८२, बिहिबार | December 18, 2025

सर्वोच्चका न्यायाधीसहरुद्वारा आज पनि इजलास बहिस्कार, छुट्टै छलफलमा व्यस्त



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले तोकेको इजलासलाई सर्वोच्चका न्यायाधीसहरुले आज पनि बहिस्कार गरेका छन् ।

दुई दिनदेखि इजलासमा नबसेका न्यायाधीसहरुले घोषित बहिस्कार नभने पनि छलफलको नाममा इजलासमा बसेका छैनन् । प्रधानँयायाधीस राणाले आज आफुसहित ११ वटा इजलास गठन गरेका थिए । इजलासमा नबसेका न्यायाधीसहरु हिजोदेखि जारी छलफललाई निरन्तरता दिएका छन् ।

सहरुले हिजो प्रधानन्यायधीस राणासँग भेट गरेका थिए । भेटका क्रममा उनीहरुले राणालाई राजीनामा दिन आग्रह गरेका थिए । तर राणाले आफु संवैधानिक प्रक्रियाबाट नियुक्त भएका कारण राजीनामा नदिने, राजीनामा दिने नै भए विवादमा रहेका अन्य न्यायाधीसले पनि राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

प्रधानन्यायाधीसको अडानबारे थप छलफल गर्न आज पनि न्यायाधीसहरु अलग्गै छलफलमा बसेका हुन् ।

प्रधानन्यायाधीस राणाले भने इजलासमा बसेर मुद्दा हेर्न थालेका छन् । राणाले आफ्नै एकल इजलासमा राखेका पाँच वटा मुद्दामा आदेश दिएका छन् ।राणाले सोमबार र मंगलबार भने आफ्नो इजलास रोखका थिएनन् ।

कार्यपालिकासँग बार्गेनिङ गर्दै आफु अनुकुलका व्यक्तिहरुलाई नियुक्ति दिलाएको, न्यायालय सुधारमा पहल नगरेको, न्यायापालिकाको मर्यादामा आँच पुर्याउने काम गरेको लगायतका आरोप लगाउँदै न्यायसम्वद्ध संघसंस्थाहरुले राणाको राजीनामा मागिरहेका छन् ।

सहकर्मी न्यायाधीसहरुले नै राणालाई राजीनामाको विकल्प नभएको दबाब दिइरहेका छन् ।

प्रधानन्यायाधीस विवादकै कारण सर्वोच्चमा दुईदिनदेखि कुनै सुनुवाइ हुन सकेको छैन ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीस राणाले राजीनामा नदिए देशभरका अदालतमा बहस बहिस्कार गर्ने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीसहरु, पूर्व न्यायाधीस फोरम लगायतले पनि राणाले निकास दिनुपर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ५१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका