१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानन्यायाधीस जबराको पत्रकार सम्मेलन : विधिको पक्षमा दृढतापूर्वक उभिन आह्वान



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले विधिको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।

आफु विरुद्ध सहकर्मी न्यायाधीसहरुसहित नेपाल बार एशोसिएसन र न्याय सम्बद्ध सबै संस्थाहरु आन्दोलनमा रहेकै बेलामा प्रधानन्यायाधीस जबराले सर्वोच्च अदालतभित्र पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सर्वोच्चका प्रवक्तामार्फत आफ्नो प्रेस विज्ञप्ति पढाएका जबराले आफुमाथि अनर्गल र झुठ्ठा आरोप लगाइएको जिकिर गरेका छन् ।

न्यायपालिकामाथि आरोप लगाउनु चिन्ताजनक विषय भएको जबराले बताएका छन् ।

‘सर्वोच्च अदालत एकमात्र पवित्र संस्था हो । यसमाथि निरन्तर प्रहार गरेर न्यायपालिकाको पवित्रतामाथि प्रहार गरिएको छ ।’ जबराले भनेका छन् ।

प्रधानन्यायाधीस जबराले आन्दोलनमा उत्रिएका कानूनव्यवसायीहरुलाई वार्ता र संवाद्मा आउन आह्वान गरेका छन् । उनले न्यायालयमा सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न  हरिकृष्ण कार्कीको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न बार र बेन्चबीच संवाद हुनुपर्ने पनि प्रधानन्यायाधीस जबराले बताएका हुन् ।

भित्र प्रधानन्यायाधीस जबराले पत्रकार सम्मेलन गरिरहँदा बाहिर भने कानूनव्यवसायीहरु उनी विरुद्ध आन्दोलनमा उत्रिँदै प्रहरीसँग घम्साघम्सी गरिरहेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ३० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम