१ कार्तिक २०८३, आइतबार | October 18, 2026

प्रधानन्यायाधीस जबराले राखे सम्मानजनक बहिर्गमनको प्रस्ताव



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका छन् ।

सहकर्मी न्यायाधीशहरू नै आफै विरुद्ध अघोषित आन्दोलनमा लागेपछि दबाबममा परेका प्रधानन्यायाधीस जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका हुन् ।

प्रधानन्यायाधीसको बहिर्गमनबारे छलफल गर्न सर्वोच्चका न्यायाधीसहरुले न्यायधीसत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका थिए । यसबारे थप कुरा बुझन् न्यायाधीसत्रयले आजै दिउँसो प्रधानन्यायाधीसँग छलफल गरेका थिए ।

सर्वोच्चका न्यायाधीसहरुले प्रधानन्यायाधीसको राजीनामा माग्दै आएका छन् । आज पनि छलफलमा बसिरहेका क्रममा प्रधानन्यायाधीस जबराले न्यायाधीस मनोज शर्मामार्फत आफ्ना कुरा पुर्याएका थिए । यसविषयमा सोमबार न्यायाधीसहरुबीच थप छलफल हुनेभएको छ । त्यसअघि न्यायाधीसत्रयले पुनः जबरासँग छलफल गर्नेभएका छन् ।

प्रधानन्याधीस राणामा न्यायिक विचलन देखिएको, न्याय प्रशासनमा खेलवाड गरेको, न्यायालयको मर्यादा र सम्मान राख्न नसकेको, कार्यपालिकासँग सौदावाजी गरेको जस्ता आरोप लगाउँदै न्यायायीसहरुले जबरा राणा विरुद्ध इजलास बहिस्कार गरेर आन्दोलन गरिरहेका छन् । जबरा विरुद्ध नेपाल बार एशोसिएसन आजैदेखि चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : १२ बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल