१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रधानन्यायाधीस जबराले राखे सम्मानजनक बहिर्गमनको प्रस्ताव



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका छन् ।

सहकर्मी न्यायाधीशहरू नै आफै विरुद्ध अघोषित आन्दोलनमा लागेपछि दबाबममा परेका प्रधानन्यायाधीस जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका हुन् ।

प्रधानन्यायाधीसको बहिर्गमनबारे छलफल गर्न सर्वोच्चका न्यायाधीसहरुले न्यायधीसत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका थिए । यसबारे थप कुरा बुझन् न्यायाधीसत्रयले आजै दिउँसो प्रधानन्यायाधीसँग छलफल गरेका थिए ।

सर्वोच्चका न्यायाधीसहरुले प्रधानन्यायाधीसको राजीनामा माग्दै आएका छन् । आज पनि छलफलमा बसिरहेका क्रममा प्रधानन्यायाधीस जबराले न्यायाधीस मनोज शर्मामार्फत आफ्ना कुरा पुर्याएका थिए । यसविषयमा सोमबार न्यायाधीसहरुबीच थप छलफल हुनेभएको छ । त्यसअघि न्यायाधीसत्रयले पुनः जबरासँग छलफल गर्नेभएका छन् ।

प्रधानन्याधीस राणामा न्यायिक विचलन देखिएको, न्याय प्रशासनमा खेलवाड गरेको, न्यायालयको मर्यादा र सम्मान राख्न नसकेको, कार्यपालिकासँग सौदावाजी गरेको जस्ता आरोप लगाउँदै न्यायायीसहरुले जबरा राणा विरुद्ध इजलास बहिस्कार गरेर आन्दोलन गरिरहेका छन् । जबरा विरुद्ध नेपाल बार एशोसिएसन आजैदेखि चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : १२ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट