१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बागमतीका मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजनीनामाको घोषणा गरेकी छिन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाक्यले आफुले पदबाट राजीनामा दिन लागेको जनाएकी हुन् । उनले भनिन, ‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु ।’ उनले आफुलाई छोटो समयको बीचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । शाक्यले आगामी दिनमा मिलेर अघि बढ्ने बाटो एमालेले यही देखेका कारण आफुले राजीनामा गरेको जिकिर गरिन ।
नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य गत भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन ।

उनलाई त्यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएकी शाक्य नेपालले नयाँ पार्टी गठन गर्नुअघि पार्टीको संस्थापन पक्षमा विलय हुँदै मुख्यमन्त्री बन्ने बाटो लिएकी थिइन । तर संसदमा एकल बहुमत रहेको एमालेमा विभाजन आएलगत्तै शाक्यको पद सुरुदेखि नै धरापमा पर्दैआएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम