१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

राज्यले सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्दछ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वका मानिसहरुले विज्ञान प्रविधिको प्रयोग गरीरहदाँ नेपालमा जातीय विभेद कायम रहनु दुखद विषय भएको बताएका छन् । बुधबार आदिबासी जनजाती आयोगको वार्षिक प्रतिबेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले नेपालमा सबै विभेदको अन्त्य गर्नका लागि राज्यले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने बताए ।

उनले समयमा नै राज्यले विभेद अन्त्य गर्ने तर्फ ध्यान पु¥याउन नसकेमा त्यसले व्यवस्था प्रति नै नकारात्मक धारणा बन्न सक्ने चेतावनी दिए । प्रमुख शेरचनले लुम्बिनी प्रदेशमा पनि त्यस्ता विभेद छन् भने त्यसको अन्त्य गर्दै सबै समुदायको विकासका लागि अगाडि बढनुपर्ने बताए ।

वार्षिक प्रतिबेदन बुझाउदै आयोगका अध्यक्ष रामबहादुर थापा मगरले ब्यबस्था परिबर्तनको संघर्षमा आदिबासी जनजातीको ठूलो भुमिका भएको उल्लेख गरे । उनले समतामुलक समाज निर्माणको लागि पनि आदिवासी जनजातीको योगदान ठुलो रहेको दाबी गर्दै राज्यले त्यसलाई सम्बोधन गर्न नसकेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : १७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम