१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : नामिबियाको पहिलो जित



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप सुपर-१२ को आफ्नो पहिलो खेलमा नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ ।

बुधबार सुपर १२ को समूह-२ को खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पाएको नामिबियाले १९ ओभमर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नामिबिया जितमा जेजे स्मित सर्वाधिक ३२ रनमा अविजित रहे । ओपनर क्रेरग विलियम्स २३ र माइकल भ्यान लिङ्गेनले १८ रन बनाए ।

त्यसअघि आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रनको योगदान दिए । क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रन बनाए ।

नामिबिया रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए । जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले समान १ विकेट लिए ।

नामिबिया सुपर-१२ को समूह २ मा सुरुवाती २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह १ मा इंग्ल्यान्ड २ खेल ४ अक बनाउँदै शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : ४८ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१