२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

शनिबार खुल्ला तेक्वान्दो प्रतियोगिता



बुटवल । तिलोत्तमा तेक्वान्दो डोजाङको आयोजनामा प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ हुने भएको छ ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रित, सदस्य राम प्रसाद कहार, सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले खेलाडीको टिसर्ट समेत लन्च गरेका छन ।

प्रतियोगिताको आवश्यक तयारी तिब्र रुपमा भैरहेको आयोजक डोजाङका अध्यक्ष विष्णु कुमार चौधरीले बताए । प्रतियोगितामा पुरुष तर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजी तथा महिला तर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजी गरि १३ वटा पुरुष र ९ वटा महिला तौल समुहमा खेल हुनेछन । यसैगरि स्पाईरिङ खेल समेत हुने उनले बताए । प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा १८ वटा डोजाङका २ सय ५० खेलाडीहरु भाग लिने छन । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयबाट ४० हजार रुपैया, सिमानगर टोल बिकास समितिबाट २५ हजार रुपैया सहयोग भएको सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न करीब २ लाख बढि खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्काले कोभिड १९ प्रभावसंगै खेल गतिविधि कम हुदा खेलाडीहरुलाई निरासा छाएको बेला आयोजना गरिने प्रतियोगिताबाट धेरै फाईदा मिल्ने बताए ।

 

 

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : २६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२