४ पुस २०८२, शुक्रबार | December 20, 2025

शनिबार खुल्ला तेक्वान्दो प्रतियोगिता



बुटवल । तिलोत्तमा तेक्वान्दो डोजाङको आयोजनामा प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ हुने भएको छ ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रित, सदस्य राम प्रसाद कहार, सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले खेलाडीको टिसर्ट समेत लन्च गरेका छन ।

प्रतियोगिताको आवश्यक तयारी तिब्र रुपमा भैरहेको आयोजक डोजाङका अध्यक्ष विष्णु कुमार चौधरीले बताए । प्रतियोगितामा पुरुष तर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजी तथा महिला तर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजी गरि १३ वटा पुरुष र ९ वटा महिला तौल समुहमा खेल हुनेछन । यसैगरि स्पाईरिङ खेल समेत हुने उनले बताए । प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा १८ वटा डोजाङका २ सय ५० खेलाडीहरु भाग लिने छन । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयबाट ४० हजार रुपैया, सिमानगर टोल बिकास समितिबाट २५ हजार रुपैया सहयोग भएको सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न करीब २ लाख बढि खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्काले कोभिड १९ प्रभावसंगै खेल गतिविधि कम हुदा खेलाडीहरुलाई निरासा छाएको बेला आयोजना गरिने प्रतियोगिताबाट धेरै फाईदा मिल्ने बताए ।

 

 

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको