२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

कमजोर व्यवस्थापनले ओझेलमा पहिलो लिम्बू संग्रहालय



ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खेमा रहेको लिम्बू संग्रहालय कमजोर व्यवस्थापनका कारण ओझेलमा पर्दै गएको छ । संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि आवश्यक प्रवर्द्धन र व्यवस्थापन नहुँदा गुमनाम जस्तै बनेको छ ।

संग्रहालय २०५७ सालमा स्थापना भएको हो । संग्रहालयमा लिम्बू समुदायले परापूर्व कालदेखि प्रयोग गर्दै आएको हात हतियार, शिकार गर्दा प्रयोग गर्ने आवश्यक सामग्री तथा लिम्बू समुदायको जन्म र मृत्यु संस्कारमा आवश्यक पर्ने सामग्रीहरू छन् । १८१४ र १८३१ सालमा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सन्धि-सम्झौता र युद्धमा प्रयोग गरिएको ढालहरूलाई संग्रहालयमा संरक्षण गरेर राखिएको छ ।

लिम्बू समुदायका पुर्खाहरूको पालादेखि प्रचलनमा रहेको फेदाङ्मा र बिजुवा (झाँक्री तथा पूजारी)ले प्रयोग गर्ने पहिरन जामा, पगरीजस्ता सामग्री संग्रहालयमा संग्रहित छन् । संग्रहालयमा संरक्षण गरिएका कतिपय प्राचीन पुरातात्विक सामग्री लोप भइसकेका छन् भने केही लोपोन्मुख छन् ।

जिल्लाका अधिकांश ठाउँमा सडकको पहुँच पुगे पनि लिम्बू संग्रहालय रहेको मामाङ्खेमालाई सडकले छोएको छैन । मामाङ्खेसम्म सडक पहुँच बिस्तार भए संग्रहालयको प्रचारप्रसार हुने स्थानीयवासीको आशा छ ।

पर्यटकीय केन्द्र बन्ने प्रशस्त सम्भावना भए पनि संग्रहालय व्यवस्थापन समितिले आवश्यक चासो नदिएकै कारण ओझेलमा परेको स्थानीय लोकेन्द्र लिम्बूको आरोप छ । उनका अनुसार संग्रहालय स्थापनाको केही वर्षसम्म निश्चित शुल्क लिएर स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले संग्रहालयमाथि अध्ययन तथा अवलोकन गरेका थिए ।

संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष टीका माबो लिम्बूले भने संग्रहालयको व्यवस्थापनका लागि आवश्यक खर्च जुटाउन नसकेको बताए । स्थानीय वौद्धिक व्यक्तित्व डा.चित्र माबो लिम्बूले संग्रहालयको प्रवर्द्धनका लागि गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको सुनाए । लिम्बू समुदायको पहिचान र इतिहासलाई संरक्षण गर्ने कुरामा स्थानीय, प्रदेश हुँदै संघसम्म प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आवश्यक पहल र सहयोग गर्ने आश्वासन दिँदै पनि आएको डा।लिम्बूले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : ४४ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२