२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

स्थापना दिवसमा मानव सेवा आश्रमलाई तरुण दलले दियो खाद्यान्न



बुटवल । नेपाल तरुण दल बुटवल उपमहानगर समितीले ६८ औं स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण गरेको छ । बुटवल-८ सुख्खानगरमा अवस्थि मानव सेवा अनाथ आश्रममा विहिबार खाद्यान्न वितरण गरेको हो ।

दरुण दलले १७ बोरा चामल एक बोरा दाल, २ कार्टुन खाने तेल तथा १ सय ४० जोर चप्पल समेत वितरण गरेको तरुण दल बुटवलका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

काँग्रेस रुपन्देहीका उपसभापती फणीन्द्र शर्माले युवाहरुलाई सामाजिक काममा अग्रसर गराउँदै राजनीतिक चेतना र युवाहरुलाई गोलबन्द गराउन जोड दिए ।

युवाहरु स्वरोजागर हुँदै सामाजिक विकृति विरुद्ध लाग्न आग्रह गरे । नेता युवराज गिरीले स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान वितरण गर्नु सकारात्मक भएको उल्लेख गर्दै समाज सुधारका काममा महत्वपूर्ण भूमिका खेल्न युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा नगर सभापति खेलराज पाण्डेय, तरुणदलका पुर्व केन्द्रीय सदस्य चिरन्जिबी जोसी, बासु बस्याल, महेशमान सिंह, काजीमान श्रेष्ठ, हसन्त लामा, ज्योती भन्डारी, प्रजापाल गीरी, रमेश शाही लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ३ : २९ बजे

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु