२१ भदौ २०८३, आइतबार | September 7, 2026

कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै



काठमाडौँ । ३ वर्ष अघि तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको समायोजनलाई सर्वोच्च अदालतले धमाधम उल्ट्याउन थालेको छ ।

समायोजन उल्टयाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका कर्मचारीको हकमा अदालतले समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश दिएको छ । ३४ जना कर्मचारीको हकमा भने अदातलले अन्तिम फैसला हुँदा सोही बमोजिम हुने गरी तत्काल संघमा समायोज गर्न अदालतले आदेश दिएको छ ।

संघीय मामिला मन्त्रालयका सहसचिव नारायण अर्यालले अहिलेसम्म एक सय ९८ कर्मचारीको हकम समायोजन कार्यान्वयन तत्काल नगर्न अदालतबाट अन्तरिम आदेश आएको बताए ।

तीमध्ये ३४ जना कर्मचारीलाई संघमा हाजिरी गर्न लगाइएको र बाँकि कर्मचारीहरूलाई संघमा हाजिरी गराउने प्रक्रिया सुरु गरिएको उनले बताए । उनका अनुसार समायोजन उल्ट्याउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका ४ सय ८७ जना कर्मचारीको मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।

समायोजन उल्ट्याइएका एक सय ९८ जना कर्मचारीमध्ये २ जनाको समायोजन पुनारावेदन र बाँकी एक सय ९६ वटा मुद्दा सर्वोच्चबाट उल्ट्एिका छन् । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ३७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त