२ कार्तिक २०८३, सोमबार | October 19, 2026

खोलाको किनारदेखि आँगनसम्मै अलैँची, नर्सरीमा २५ लाख बिरुवा



लमजुङ । युवाजनशक्ति विदेश पलायन हुँदा गाउँघरका खेत बाँझो बनिरहेका छन् । खेतबारी बनमारा घाँस र कुरोको बोटले लपक्क ढाकेको बाँझो बनेका छन् । तर, गरे सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी लमजुङको छिनखोला गाउँका बासिन्दा । उच्च पहाडी भेगमा वन्यजन्तुको शिकार गरेर गुजारा चलाउने मनासशयले पुर्खाले बसालेको डाँडापाखा र भिरालो बस्ती अहिले छिनखोलाका बासिन्दाले गाउँकै मुहार फेरेका छन् ।

आजभन्दा १७ वर्षअघि भेँडा, बाख्रा, गाईभैँसी पालेर जीविका चलाउँदै आएका उनीहरुले पुरानो कृषि प्रणालीलाई विस्थापित गरेका छन् । पछिल्लो समय कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा स्थापित भएको अलैँची खेतीप्रति लगाब ठूलो छ । पहिला कोदो, मकै, आलु र अन्य खाद्यन्न बाली उब्जिने खेतबारी अहिले अलैँची खेतीले भरिएका छन् । छिनखोलाको किनारदेखि घरको आँगन र कर्सासम्मै अलैँची रोपेका छन् ।

अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङ मर्स्याङ्दी गाउँपालिका-७ छिनखोलाका स्थानीय हुन् । उनले भने, ‘छिनखोला लमजुङमा सबैभन्दा बढी अलैँची उत्पादन गर्न सफल भएको गाउँ हो । गाउँलेले वार्षिक ८० देखि १ सय २० क्विन्टल अलैँची उत्पादन गर्ने गर्छन् ।

अध्यक्ष तामाङका अनुसार छिनखोलाका विभिन्न नर्सरीमा २० देखि २५ लाखको हाराहारीमा अलैँचीको बिरुवा छन् । अलैँची व्यवसाय महासंघ नेपालले लमजुङको अलैँची अरु जिल्लामा उत्पादन हुने अलैँचीभन्दा गुणस्तर भएको प्रमाणित गर्दै यसअघि नै सम्मानित गरिसकेको छ । नेपालको पूर्वीजिल्ला इलाम, ताप्लेजुङमा हुने अलैंचीलाई लमजुङमा व्यवसायिक रुपमा खेती गर्ने कार्य तीब्र गतिमा बिरहेकोले अलैँचीको पकेट क्षेत्रको रुपमा अघि बढेको हो ।

जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण अलैंची जोन लमजुङले जनाएको छ ।

हाल नेपालका ४२ जिल्लामा अलैंची खेती विस्तार भइसकेको छ । नेपालमा उत्पादित अलैँची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीले गरिरहेका छन् । अलैँची निर्यात गर्न बंगलादेशसँग छलफल भइरहेको अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ३३ बजे

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

न्धुपाल्चोक । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको