२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

चितवनमा महाभारतको लडाईं हुँदैछ, कौरवलाई जिताउने कि पाण्डवलाई – फैसला जनताले गर्नेछन् : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले चितवनमा महाभारतको लडाईं हुन लागेको बताएका छन् ।

शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवनमा पाण्डव र कौरवबीचको लडाईं हुने दाबी गरेका हुन् । प्रचण्डले महाभारतको प्रसंग कोट्याउँदै जनता र बैरीका बीचमा लडाइँ सुरू हुन लागेको दाबी गरे । प्रचण्डले भने, ‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ । तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’

‘जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुँदैछ’, ‘कौरवलाई जिताउने कि पाण्डवलाई त्यसको फैसला तपाईंहरूले गर्ने हो । ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ।’

अध्यक्ष प्रचण्डले आफुले आगामी निर्वाचन चितवनबाटै लड्ने भनाइ दोहोर्याए । एमालेले बुटवलमा गर्न लागेको महाधिवेशन चितवनमा सारेको विषयलाई चुनवासँग जोड्दै प्रचण्डले आफुलाई हराउने उद्देश्यले एमालेले महाधिवेशनस्थल सारेपनि त्यसबाट फरक नपर्ने बताए । राम, सीताको विषय उठाउँदा त्यसबाट पार नलागेपछि केपी शर्मा ओलीले एकपटक आफुमाथि प्रहार गर्न महाधिवेशन चितवन सारेको प्रचण्डको भनाइ थियो । ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ र बर्दिया जान्छ कि कालिकोट जान्छ भनेर काठमाडौंमा भनियो । मैले अस्ति पनि भनेँ, म कहीँ जान्न । म चितवन छोड्दिनँ । म भाग्ने मान्छे हुँदै होइन,’ प्रचण्डले भने ।

उनले आगामी निर्वाचनमा माओवादी ठूलो शक्ति बनेर उदाउने दाबी पनि गरे। केही मान्छेले माओवादीलाई परास्त नगरेसम्म यो देशमा केही पनि हुँदैन भन्न थालेको हुँदा सजग सचेत रहन प्रचण्डले कार्यकर्तालाई आग्रह गरे ।

 

 

 

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ३९ बजे

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले

बिस्का : नौ दिन आठ रात जात्रा

भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का