१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम, इजलासमा नबस्न माग



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि नेपाल बार एशोसिएसनले ५ दिने अल्टिमेटम दिएको छ । शुक्रबार बसेको नेपाल बारको कार्यसमितिको बैठकले ५ दिनभित्र राजीनामा दिएर मार्ग प्रसस्त गर्न अल्टिमेटम दिएको हो । बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको उपाध्यक्ष अधिवक्ता रक्षा बस्यालले जानकारी दिइन् ।

बारले आह्वान गरेको आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आग्रह गरिएको उनले बताइन् ।

बस्यालका अनुसार बुधबार सम्मपनि राजीनामा नआए थप सशक्त विरोध कार्यक्रम घोषणा बारको बैठकले निर्णय गरेको छ । बारले प्रधानन्यायाधीस जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा दिन भनेको छ । प्रधानन्यायाधीशलाई सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न समेत बारले माग गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज