१ पुस २०८२, मंगलबार | December 16, 2025

१०औं महाधिवेशनमा प्रतिनिधि संख्या १ हजार ९९९ बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा (एमाले)ले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या थप गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा प्रतिनिधिससंख्या १ हजार ९९९ बनाउने निर्णय गरेको हो ।
यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने मापदण्ड बनाएको थियो ।

तर आजको बैठकमा केन्द्रीय सदस्यहरुले प्रतिनिधिको संख्या थप्नुपर्ने माग गरेपछि थपिएको हो ।
बिहीबारको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने गरी मापदण्ड तय गरेको थियो ।

बैठकले यहि कात्तिक २७ गते शनिबार एकैदिन देशभका प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२गतेसम्म चितवनमा हुँदैछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज