११ श्रावण २०८३, सोमबार | July 27, 2026

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा



काठमाडौं । नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ ।

केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो ।

केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिनुभयो । यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।

छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिँदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउविजन ऐन, २०४५ ले नेपालमा सूचिकृत एवं दर्ता भएका बीउविजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ३० बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील